आइतबार १३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८ हजार ६१३ पुग्याे
११ साउन, काठमाडाैँ । आइतबार१३० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप १३० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ६१३ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ४४० रहेका छन् ।

पछिल्लाे २४ घण्टामा ७५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 26, 2020 at 4:29 pm



