९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

दाङमा जिपकाे ठक्करबाट दुई जनाकाे मृत्यु, ३ घाइते

११ साउन, दाङ । दाङमा शनिबार राति बाटो काट्ने क्रममा जिपकाे ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ। दाङकाे राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा बा.२० च ५७४४ नम्बरको जिपले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ४८ वर्षीय राज कुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको मेडिकल कलेज कोहलपुर बाँकेमा र निशानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । जिजकाे ठक्करबाट घाइते भएका अन्य ३ जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : July 26, 2020 at 2:15 pm