१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

आजदेखि लक्ष्मी उन्नति कोषको बिक्री खुला

११ साउन, काठमाडाैँ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोषको ८ करोड ईकाई आजदेखि सर्वसाधारणमा बिक्री खुला गरेको छ। निष्कासन बन्द छिटोमा साउन १४ गते र ढिलोमा २५ गते रहेको छ । साउन १४ गतेसम्म योजनाको सम्पूर्ण इकाई बिक्री नभएमा साउन २५ गतेसम्म आवेदन दिने दिन पाइनेछ ।

 

योजनाले निष्कासन गर्न लागेको कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ। सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाई सम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 26, 2020 at 11:43 am