९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सशस्त्र प्रहरीको गण कमाण्ड नयाँ पुस्तामा¸ आन्तरिक शुद्धिकरणमा खरो उत्रिदै आइजिपी खनाल

९ साउन, काठमाडैँ । सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक गण कमाण्ड नयाँ पुस्तामा पुगेको छ । गत विहिबार भएको सरुवामा 42 मध्ये ३८ वटा गण सशस्त्र प्रहरी निरीक्षकबाट प्रवेश गरेका सि.सं. २ अर्थात् दोश्रो व्याचका सशस्त्र प्रहरी उपरीक्षकहरुको जिम्मामा परेको छ ।

४२ जना गणपति मध्ये चार जना बाहेक 38 जना सशस्त्र प्रहरीको दोश्रो व्याचका भर्ना हुन् भने एक जना सि.सं. १ अर्थात् पहिलो व्याचबाट छन् भने अन्य तीन जना समेत पहिलो पटक गण कमाण्ड गर्ने अधिकृतहरु हुन् । यसबाट फिल्ड कमाण्ड थप मजवुद चुस्त दुरुस्त हुने अपेक्षा गरिएको छ ।

यसका साथै सशस्त्र प्रहरीको हालैको सरुवा निस्पक्ष¸ पारदर्शी र सन्तुलित समेत देखिएको छ । डिआईजि सरुवामा प्राय सबै भर्खर डिआईजि भएका र पहिलो पटक कमाण्ड पाएकाहरु छन् भने कमाण्डबाट कमाण्डमा कसैलाई पनि पठाईएको छैन । जम्मा ८ वटा बाहिनीका बाहिनीपतिमा यस अघि कमाण्ड गरेका दुइ जना डिआईजि मन्दीप श्रेष्ठ र प्रविन कुमार श्रेष्ठ मात्र हुन् भने अन्य ६ जनाकै पहिलो कमाण्ड हो ।

श्रेष्ठद्वय पनि गत वर्ष नै मुख्यालय सरुवा भएका थिए । उनीहरुको एक वर्ष पछि मात्र बाहिनी सरुवा भएको हो । यो सरुवा निष्पक्ष पारदर्शी र सन्तुलित कार्यको अब्बल उदाहरण हो¸ यस कार्यमा सशस्त्र प्रहरी महानिरीक्षक खरो रुपमा उत्रनु भएको छ¸ मुख्यालयका एक उच्च अधिकृतले भने ।

यसका साथै संगठनको आन्तरिक शुद्धिकरणमा महानिरीक्षक शैलेन्द्र खनालको काम कारवाही व्यवहारमा नै देखिन थालेको छ । “देश र जनताको लागि फिल्डमा उच्च अनुशासनका साथ निष्पक्ष र उत्कृष्ट कार्य गर्नुहोस्¸ होइन भने एक वर्षका लागि कमाण्ड पाए भनेर नसोच्नुस् विचमा नै तानिन सक्नु हुन्छ” गत वर्ष कमाण्डमा जानु अघि गणपतिहरुलाई महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिने समयमा बोलेका कुरा हुन् यी । जुन कुरा फिल्डमा देखिएको छ ।

साना-साना गल्ती समेत नगर्न दिइएको निर्देशनको उचित पालना नभए पछि एक वर्ष अवधि नपुग्दै तीन जना गणपतिहरु विचमा नै कमाण्डबाट अलग भएका छन् । यस विचमा नं. १० गण¸ सर्लाहीबाट सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ¸ नं. २७ गण¸ रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार वोगटी र नं. ३३ गण¸ जुम्लाबाट सशस्त्र प्रहरी उपरीक्षक सरद न्यौपानेलाई कार्यकाल पुरा नहुँदै कमाण्डबाट फिर्ता गरिएको छ ।

श्रेष्ठ र वोगटीलाई सीमामा सन्तोष जनक काम नगरेपछि र न्यौपानेलाई राशन सम्बन्धी उजुरी परेपछि कारबाही स्वरुप फिर्ता गरिएको थियो । “यो आइजिपि सावको बोलि अनुसारको काम हो” ति उच्च अधिकारीले भने ।

राम्रालाई पुरस्कार र गल्ती गर्नेलाई सजाय दिने यस प्रकारको कार्यले फिल्डमा कमाण्डरहरु थप जिम्मेवार र सचेत हुने अपेक्षा समेत सशस्त्र प्रहरी बलको छ । यसका साथै एक वर्षको विचमा पाँच सय बढी जना कर्मचारी समेत सजायको भागिदार भएका छन् ।

प्रकाशित मिति : July 24, 2020 at 6:58 pm