शुक्रबार १३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८ हजार ३७४ पुग्याे
९ साउन, काठमाडाैँ । शुक्रबार १३३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप १३३ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ३७४ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १०७ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४४ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 24, 2020 at 4:24 pm



