९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काेराेनाका कारण वीरगञ्जकाे गण्डक अस्पतालमा ८५ वर्षीया वृद्धाको मृत्यु

९ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको हाे ।

फाइल फाेटाे

 

वीरगनञ्ज महानगर ११ श्रीपुरकी ती बृद्धा मुटुरोगी थिइन् । उनकाे स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मंगलबार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान उनकाे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । याे सँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४४ पुगेकाे छ ।

प्रकाशित मिति : July 24, 2020 at 2:51 pm