९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

२२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने राैतहट र भारतका दुई अपराधि मध्यरातमा समातिए

९ साउन, काठमाडाैँ । २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने राैतहट र भारतका दुई अपराधि पक्राउ परेका छन । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने अपराधि पक्राउ गरेको हो ।

प्रहरीले मध्यरातमा भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद र रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलमलाइ पक्राउ गरेको छ । उनीहरू बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेकाे महाशाखाका प्रवक्ता इश्वर कार्कीले बताए ।

बिहीबार साँझ कोठाबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीको अहिले कीर्तिपुरको अस्पतालमा उपचार भैरहेको छ । घटनास्थल नजिकै रहेको सीसी क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।

भारतीय नागरिक मुन्नाले उनको मालिक आलमको निर्देशनमा कार्कीमाथि एसिड प्रहार गरेको खुलेको छ । प्रहरीले पक्राउ गरेका दुबै जना महानगरीय प्रहरी बृत स्वयम्भूमा राखिएका छन ।

प्रकाशित मिति : July 24, 2020 at 8:41 am