९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

रकम ठगेर अपहरणको नाटक गरी होटलमा युवतीसँग बसेको अवस्थामा रेग्मी पक्राउ

७ साउन, काठमाडौँ । ऋण नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौँ महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको हुन सक्ने भन्दै उजुरी पपछि महानगरीय अपराध महाशाखाले खोजी कार्य तिब्र बनाएको थियो ।

सो क्रममा प्रहरीले काठमाडौँकाे नयाँबसपार्कस्थित सुगन्ध होटलमा मंगलबार राति रेग्मीलाई फेला पारेको हो । अपहरणको नाटक गरी उक्त होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेका रेग्मीले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौँ रुपैयाँ लिएको र उक्त रकम तिर्नु नपरोस भनी अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ ।

अपहरणमा नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग गरेकाले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : July 22, 2020 at 5:41 pm