९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोनाबाट त्रिवि शिक्षण अस्पताल काठमाडाैँमा उपचाररत् चिनियाँ नागरिकको मृत्यु

७ साउन, काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक डा. रोहित पौडेलले पुष्टि गरे। पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार हेलिकप्टरमार्फत  काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँकाे धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । उनको त्यही उपचारको क्रममा आज बिहान मृत्यु भएको निर्देशक डा. पौडेलले जानकारी दिए । यसबारे स्वास्थ तथा जनसंख्या मनत्रालयले भने पुष्टि गरेकाे छैन ।

प्रकाशित मिति : July 22, 2020 at 3:14 pm