९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

७ साउन,  काठमाडौँ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना कोरोना संक्रमितको मुत्यु भएको छ । महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिएका छन् ।

फाइल फाेटाे

अस्पताल आउँदा उनि गम्भिर अवस्थामा थिए,’ प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने, ‘आईसीयूमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’ ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४१ पुगेकाे छ। स्वास्थ्य मन्त्रलायले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन्।

प्रकाशित मिति : July 22, 2020 at 10:51 am