पत्रकार भट्टलाई कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार
६ साउन, बिदुर । नुवाकोटका क्रियाशिल पत्रकार देबचन्द्र भट्ट २५ हजार पुरस्कार राशीको कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् । नुवाकोटबाट प्रकाशित उत्तरगया दैनिकको निरन्तरताको तेस्रो बर्ष प्रबेशको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार देबचन्द्र भट्टलाई सम्मानित गरियो ।

त्यसक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले २५ हजार पुरस्कार राशी र सम्मानपत्रद्वारा पत्रकार भट्टलाई सम्मानित गरे । सोही कार्यक्रममा उत्तरगया दैनिकलाई बर्षभरीमा सबै भन्दा बढी बिज्ञापन उपलब्ध गराउने स्पीड अटो ईन्टरनेशनलका बिरेन्द्रकुमार गोडीलाई समेत सम्मानित गरियो । कार्यक्रममा सम्मानित पत्रकार भट्टले सम्मानले आफूलाई स्वतन्त्र र खोजमुलक पत्रकारीताप्रति झनै जिम्मेवार बनाएको बताउँदै सदैब नागरिकको मन जित्ने पत्रकारीता गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
प्रकाशित मिति : July 21, 2020 at 6:49 pm



