मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ९९४ पुग्याे
६ साउन, काठमाडाैँ । मंगलबारर १८६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप १५० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ९९४ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ६०९ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 21, 2020 at 4:32 pm



