९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पहिराेले पुरेर तनहुँमा २ महिला बेपत्ता

५ साउन, दमौली । तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : July 20, 2020 at 6:04 pm