९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बारामा ९ जना जनप्रतिनिधिसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि

५ साउन, वीरगञ्ज । बारामा ९ जना जनप्रतिनिधिसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि हाे । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् ।

देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३ जना, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।

देवताल गाउँपालिकाका क्वारेन्टिन ईन्चार्ज शिव साहका अनुसार सबैको स्वाब एकै ठाउँमा संकलन गरिएको थियो । संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : July 20, 2020 at 1:15 pm