पूर्वसांसद गुरुङको निधनप्रति दुःख व्यक्त
४ साउन, काठमाडाैँ । पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद तथा नेपाल भूपू सैनिक सङ्घका संस्थापक अध्यक्ष दीपकबहादुर गुरुङको यही साउन २ गते निधन भएकामा दुःख व्यक्त गरेको छ । नेपाली काङग्रेसका नेता समेत रहनुभएका उहाँ २०५८ सालमा कास्की जिल्ला क्षेत्र नं १ बाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठद्वारा यहाँ आज जारी प्रेस विज्ञप्तिमा पूर्वसांसद गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
प्रकाशित मिति : July 19, 2020 at 3:07 pm



