९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

गल्याङ नगरपालिकाद्वारा पशुपालनका लागि एक करोड अनुदान

४ साउन, स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा रु एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर रु १५ का दरले ४८ लाख र गाईभैँसीका लागि रु ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ । पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर रु १५ का दरले अनुदान पाएको जानकारी दिनुभयो । यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र रु १० लाख अनुदानस्वरुप वितरण गरिएको छ । बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : July 19, 2020 at 1:41 pm