९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोना सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या १६० पुग्याे

४ साउन, काठमाडौँ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

फाइल फाेटाे

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।

प्रकाशित मिति : July 19, 2020 at 12:48 pm