९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना ७ जनाको घटनास्थलमै मृत्यु

४ साउन, प्यूठान । प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बाँच्न सफल भएका छन । शनिबार राति साउनेसंक्रान्ति मनाएर फर्किरहेका मानिसहरू चढेको ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार गएराति १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिएका छन । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।

प्रकाशित मिति : July 19, 2020 at 8:46 am