९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

चितवनको कालिकामा गाई काटेको आरोपमा एक पक्राउ, खाल्डो खनेर पुरियो मासु

३ साउन, चितवन । चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेको थापाले बताउनुभयो । सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई पशुपक्षी कसुरसम्बन्धी मुद्दा चलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 18, 2020 at 8:44 pm