२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

माउन्टेन इनर्जीले साउन ८ गतेदेखि आइपीओ जारी गर्ने, नुवाकाेट र म्याग्दीका स्थानियले भर्न पाउने

३१ असार, काठमाडाैँ । माउन्टेन इनर्जी नेपालले साउन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता प्राथमिक सेयर नुवाकोट र म्याग्दी जिल्लाका प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्ने छ।

कम्पनीले साउन २२ गतेसम्म प्रभावितका लागि निष्काशन गर्नेछ। यदि, मागअनुसार आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म निष्काशन गर्न सक्ने बताइएकाे छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। प्रभावित क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाबाट आइपिओको लागि आवदेन दिन सकिने बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ।

प्रभावित क्षेत्रमा निष्काशन गरिसकेपछि कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति पाइसकेको छ। यदि, प्रभावित क्षेत्रमा नबिकेमा कम्पनीले उक्त सेयर सर्वसाधारणको लागि निष्काशन गर्न सक्ने छ।

कसले पाउँछन् भर्नः

प्रकाशित मिति : July 15, 2020 at 11:50 am