२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

अनैतिक सम्बन्धबाट शिशु जन्माएर हत्या गर्ने कञ्चनपुरका गंगा र सन्ताेष अखेडा पक्राउ

१२ जेठ, कञ्चनपुर । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् ।बिहीबार जन्मिएको शिशुको हत्या भएकोे खबर प्राप्त भएपछि शुक्रबार साँझ दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : May 26, 2018 at 2:44 pm