८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन नियन्त्रणमा

२६ असार, काठमाडौँ । ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो ।

फाइल फाेटाे

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो । “बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।

प्रकाशित मिति : July 10, 2020 at 9:14 am