८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

प्रहरी इन्काउन्टरमा मारिए ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके दुबे

२६ असार , काठमाडाैँ । डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन्। दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन्।

दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो। असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा १ डिएसपी, ३ सब-इन्सपेक्टर र ४ कन्स्टेबल मारिएका थिए। हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति : July 10, 2020 at 8:55 am