लमजुङकाे सातबिसेमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, ४ जना घाइते
२६ असार, काठमाडौँ । लमजुङकाे बेसिशहर नगरपालिका- ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अन्य ४ जना सामान्य घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । गएराति नै लमजुङकाे क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा उनकाे बुहारी र एक जना बच्चा घाइते भएका छन् ।
प्रकाशित मिति : July 10, 2020 at 8:12 am



