८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

१५ असार, काठमाडौँ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ र कास्कीका ४ जना रहेका छन्।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।

प्रकाशित मिति : July 9, 2020 at 1:35 pm