काठमाडाैँ उपत्यकामा फेरि थपिए २३ जना काेराेना संक्रमित
२४ असार, काठमाडाैँ । बुधबार काठमाडाैँ उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ, र ललितपुरका २३ जना नयाँ संक्रमित थपिएका हुन्।

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका १० जना, र ललितपुरका ७ जना संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : July 8, 2020 at 4:48 pm



