बुधबार २५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १६ हजार ४२३ पुग्याे
२४ असार, काठमाडाैँ । बुधबार २५५ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप २५५ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ४२३ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २५३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३५ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 8, 2020 at 4:27 pm



