८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नुवाकाेटकाे तादीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

२४ असार, नुवाकोट । नुवाकाेटकाे तादीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ सहित २ जनालाई १ थान भरुवा बन्दुकसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

फाइल फाेटाे

तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : July 8, 2020 at 2:24 pm