८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

एनआईसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, यस्ताे छ ओपनिङ्ग रेञ्ज

२४ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । स्टकका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कराेड ४८ लाख कित्ता साधारण शेयर (आइपिओ)मा सूचिकृत भएको हो । स्टकले बुधबार एक सुचना जारी गर्दै सूचिकरण सम्झाैता सम्पन्न भएकाे दाेस्राे दिनबाट काराेबार शुरू हुने जनाएकाे छ ।

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४६ लाख कित्ता शेयर बिक्री गरेकाे थियाे। शेयर बिक्री गरेकाे दुइ साता पछि लघुवित्तकाे शेयर सूचीकृत भएकाे हाे। नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : 13:59