८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

हावाबाट पनि कोभिडको संक्रमण हुन्छ भन्ने वैज्ञानिकहरुले दाबी डब्लुएचओले स्वीकार गर्यो

२४ असार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण हावाबाट पनि हुन्छ भन्ने चिकित्सकहरूको दाबी र प्रमाण स्वीकार गरेको छ । ३२ देशका २३९ वैज्ञानिकहरुले प्रणमासहित गरेको दाबी डब्लुएचओले स्वीकार गरेको हो ।

डब्ल्यूएचओलाई हावाबाट पनि कोरोना सर्छ भन्ने प्रमाणसहित ३२ देशका २३९ बैज्ञानिकहरुले पत्र लेखेपछि डब्ल्यूएचओले बैज्ञानिकहरुले प्रस्ततु गरेको प्रमाणलाई स्विकार गरेको र हावाबाट पनि कोरोना सर्ने सम्भावनाका विषयमा छलफल चलिरहेको ब्ल्यूएचओ प्राविधिक प्रमुख डा. मारिया भान केरकोभले बताएकी छिन ।

डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण टिमका प्रमुख डा. बेंडेटा अलेग्रेंजीले कोरोना हावाको माध्यमबाट पनि सर्छ भन्ने प्रमाण मिलेको भएपनि अझै बलियो आधार फेला नपरेसम्म एकिन गर्न नसकिने बताएका छन । बैज्ञानिकहरुले भाइरसको सानो – सानो कण हावामा रहन्छ र त्यसबाट मानिसलाई संक्रमित बनाउने दाबीसहित डब्ल्यूएचओलाई पत्र लेखेका थिए । साथै उनीहरुले कोरोनाबारे डब्ल्यूएचओले आफ्ना गाइडलाइनहरू परिवर्तन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : July 8, 2020 at 9:12 am