८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौँ । नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो।

थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्।  हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्।डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। भावि आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो।

प्रकाशित मिति : July 7, 2020 at 6:52 pm