८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडौँ उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

२३ असार, काठमाडौँ । सरकारले लक डाउन केही खुलुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम भएपनि लक डाउन अवधि पहिलेको भन्दा बढी २८ जना संक्रमित भेटिएका छन् । लक डाउन खुकुलो भएसँगै आवतजावत बढेकोले उत्पयकामा संक्रमितको संख्या बढेको हो ।

मंगलबार काठमाडौँमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यका भित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाँट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् । विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : July 7, 2020 at 4:44 pm