८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मंगलबार २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १६ हजार १६८ पुग्याे

२३ असार, काठमाडाैँ । मंगलबार २०४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप २०४ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार १६८ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ६८८ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३५ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 7, 2020 at 4:29 pm