गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
२३ असार, काठमाडाैँ ।शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ बिरामीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । अस्पतालमा भर्ना भएका ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : July 7, 2020 at 12:54 pm



