चिनियाँ राजदूत यान्छी र नेता खनालबिच भेटवार्ता
२३ असार , काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज विहान खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित निवासमा पुगेकी थिइन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला चीनकी चिनियाँ राजदूतको सक्रियता बढेको छ।
![]()
चिनियाँ राजदूत होउ याङ्छीले दुई दिनअघि मात्रै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्। चिनियाँ राजदूत यान्छी र खनालबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति : July 7, 2020 at 11:13 am



