शनिबार २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १५ हजार ४९१ पुग्याे
२० असार, काठमाडाैँ । शनिबार २३२ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप २३२ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ ।
हालसम्म काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ६ हजार ४ सय १५ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३४ जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रकाशित मिति : July 4, 2020 at 4:30 pm



