गोरखा अस्पतालमा उपचाररत एक काेराेना संक्रमितको मृत्यु
२० असार , काठमाडौँ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : July 4, 2020 at 10:06 am



