८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रदेश १ मा शुक्रबार थपिए ३८ जना कोरोना संक्रमित

१९ असार, विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।


झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।

प्रकाशित मिति : July 3, 2020 at 3:45 pm