२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

प्रादेशिक अधिकार नदिए संघीयता संकटमाः अध्यक्ष यादव

११ जेठ, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् ।

सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।

स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाएका छन् ।

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा जोड दिए ।े मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उनको धरणा थियो ।

प्रकाशित मिति : May 25, 2018 at 5:44 pm