१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सिरियन जनताको जीवनस्तर उकास्न कतारले सय मिलियन अमेरिकी डलर दिने

१७ असार, दोहा । कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो । सिरिया लगायत त्यस क्षेत्रको सहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएको समयमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले सिरियन जनताके जीवनस्तर सहज बनाउंन सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

भिडियो कन्फरेन्समा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले मानवीय एवं भातृत्व भावना कायम राख्दै सिरियाको लागि सहयोग गर्न लागेको तथा वास्तवमा सिरियाकै लागि कतारले दुइ विलियन भन्दा बढी नै सहयोग गरेको स्मरण गर्नुभयो । उहांले सिरियाली जनतालाई सहयोग गर्नु मानवीय कर्तव्य तथा उत्तरदायित्व समेत भएको बताउंनुभयो ।

उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले सिरियाको संकट समाधानको लागि कतार सरकारले जेनभा महासन्धि २०१२ अनुसार अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक पहल समेत गरिरहेको जानकारी दिनुभयो । संकटकै घडीमा सिरियली जनताले कोरोना महामारीको समेत सामना गर्नुपररेकोले सहयोग आवश्यकता रहेको बताउंनुभयो ।

उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले भिडियो कन्फरेन्सलाई संवोधन गर्दै युरोपियन युनियन तथा संयुक्त राष्ट्ररसंघलाई कन्फरेन्स आयोजना गरेकोमा धन्यवाद दिनुभयो । उहांले विश्वनै मानवीय संकट वेहोरिरहेको अहिलेको अवश्थामा सिरियन जनताले सामान्य मानवीय आवश्यकता जस्नै गांस वास कपास नै पाएका छैनन् ।

उनीहरूले स्वच्छ खानेपानीबाट समेत बञ्चित हुनुपरेको भन्दै यस्तो कठीन परिस्थितिमा सिरियन जनताले आधारभुत शिक्षा, स्वास्थ्यमा पनि पहुंच पाएका छैनन् । हामी कस्तो भविष्यको कल्पना गररहेका छै जवकी सिरियाका कलिला नानीहरू नरसंहार, बम आंतकका बीच हुर्किरहेका छन् । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले भिडियो कन्फरेन्स मार्फत आंतकबादके अन्त्य तथा अमानवीय व्यवहार अन्त्य गर्दै एक भएर जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : July 1, 2020 at 2:35 pm