८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि

१६ असार, काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा उपचाररत ४५ दिने शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरेर अस्पतालमै पीसीआर परीक्षण गर्दा  पोजेटिभ रिपोर्ट आएको हाे ।

शिशुकाे श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए । उनकाे आज बिहान रिपोर्ट पोजेटिभ आएकाे कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

प्रकाशित मिति : June 30, 2020 at 3:42 pm