१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

दाङमा कार्यालयमै वडाध्यक्षमाथि रड र लाठी प्रहार

१६ असार, दाङ।  दाङको शान्तिनगर गाउँपालिकाका कार्यालयमै वडाध्यक्षमाथि रड र लाठी प्रहार भएको छ। वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

 

डीएसपी खड्काका अनुसार १० जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । उनलाई अहिले तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको  छ । वडाध्यक्षमाथि कस्ले र  किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न सकेको छैन र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : June 30, 2020 at 2:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/