८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

दाङमा साेमबार थपिए ५८ जना नयाँ काेराेना संक्रमित, संक्रमितकाे संख्या ५६८ पुग्यो

१५ असार, दाङ । दाङमा सोमबार ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा थप ५८ जना काेराेना संक्रमण पुष्टि भएसँगै दाङमा कोरोना संक्रमितकाे संख्या ५३८ पुगेको छ ।

सोमबार भेटिएका संक्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका २/२ जना गरी ४ जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । संक्रमितमध्ये २२ जना महिला र ३६ जना पुरुष हुन् ।

प्रकाशित मिति : June 29, 2020 at 3:17 pm