आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२ हजार ७७२ पुग्याे
१४ असार, काठमाडाैँ । आइतबार एकैदिन ४६३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप ४६३ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १२ हजार ७७२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ३ हजार १३ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २८जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रकाशित मिति : June 28, 2020 at 4:25 pm



