८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

धादिङकाे निलकण्ठबाट जडीबुटीसहित ४ जना पक्राउ

१४ असार, धादिङ । धादिङकाे निलकण्ठ नगरपालिका-१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा.५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीहरु जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा उक्त मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सह-चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन् । उक्त मिनि ट्रकमा जडिबुटीहरु लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटीहरु फेला पारी ट्रकमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई बरामद जडीबुटी सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : June 28, 2020 at 1:25 pm