७७ वटै जिल्लामा फैलियाे काेराेना संक्रमण, रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि
१३ असार, काठमाडौँ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको रसुवामा पनि संक्रमण पुष्टि भएको छ । शनिबारकाे प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काेराेना संक्रमितमध्ये ८ महिला र १ पुरुष रहेका छन् । योसँगै कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । शनिबार नेपालमा काेराेना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको
प्रकाशित मिति : June 27, 2020 at 5:23 pm



