६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि

१२ असार, सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक/एक गरी ३६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएका हो ।

इलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक/एक र बझाङमा दुई गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीन/तीन, गोरखा, रामेछाप र ओखलढुङ्गामा दुई/दुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौँ, खोटाङ र इलाममा एक/एक गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । बिहीबार ७२ जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा यो सङ्ख्या एक हजार ४०७ पुगेको छ ।

त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा परीक्षणका साथै स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

प्रकाशित मिति : June 26, 2020 at 8:40 am