काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
११ असार, काठमाडौँ । काठमाडौँमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौँमा २ जना पुरुष,२ जना महिलामा काेराेना पुष्टि भएकाे हाे । यसैगरी भक्तपुरमा १ महिला, ३ पुरुषमा र ललितपुरमा १ जना पुरुषमा काेराेना संक्रमण देखिएको छ ।
प्रकाशित मिति : June 25, 2020 at 4:54 pm



