८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

बिहीबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ११ हजार १६२ पुग्याे

११ असार, काठमाडाैँ । बिहीबार एकैदिन ४३४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहीबार थप ११ हजार १६२ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार १ सय ६२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २६ जना पुगेकाे छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : June 25, 2020 at 4:28 pm