८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितकाे मृत्यु, मृत्यु हुने संक्रमितको संख्या २६ पुग्याे

११ असार, काठमाडौँ । कोरोना संक्रमणका कारण ललितपुरमा १  जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलाले पुष्टि गरेका छन् ।


चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको ५ महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो । याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृतक पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : June 25, 2020 at 2:43 pm